म्यानमारले नेपाललाई दियो बुद्धका ३० मूर्ति

काठमाडौं, कात्तिक २ । म्यानमारले नेपाललाई बुद्धका ३० वटा मुर्ति दिएको छ । याङ्गूनस्थित सितागु अन्तर्रा्ष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका धातुका विभिन्न ३० मूर्ति प्रदान गरेको हो ।


प्रतिष्ठानका संस्थापक सितागु सायदले राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यमार्फत बुद्धका विभिन्न मुद्राका मूर्ति हस्तान्तरण गरेका हुन् ।


त्यस अवसरमा परराष्ट्र मन्त्री ज्ञवालीले लुम्बिनीको विकासमा संयुक्त राष्ट्र सङ्घका महासचिव ऊ थान्तको योगदान भुल्न नसकिने बताउँदै ती मूर्ति नेपाल–म्यानमारदिगो उनले साझा संस्कृति र दर्शन बोकेका नेपाल र म्यानमारबीच सम्बन्ध अझ प्रगाढ हुने पनि बताए ।

बुद्धका शान्ति, करुणा, मैत्री, अहिंसाका सिद्धान्त अझै सान्दर्भिक भएको बताउँदै नेपाल भ्रमण वर्षमा नेपाल र खासगरी लुम्बिनी आउन म्यान्मारका नागरिकलाई आग्रह गरे ।

प्रतिष्ठानका संस्थापक भिक्षु सायदले बुद्धत्व प्राप्त गरेपछि विभिन्न ठाउँमा बौद्धधर्मको प्रचारप्रसारका लागि बुद्ध जान नसक्नुभएका स्थानहरुमा मूर्ति लगिएको र ती मूर्तिका प्रतिकृति फिर्ता गरी पुनः नेपाललाई दिने काम भएको जानकारी दिए ।

कोषका कोषाध्यक्ष सुरेन्द्र शाक्यले बुद्धका ती मूर्ति लुम्बिनीस्थित सङ्ग्रहालयमा संरक्षण गरी राखिने प्रतिबद्धता व्यक्त गरे ।

त्यस अवसरमा परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डाक्टर हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डाक्टर भेषराज अधिकारी, म्यान्मारका लागि नेपाली राजदूत भीमकृष्ण उदास तथा मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्