उपचुनावको उम्मेदवारी दर्ता २१ गते हुने

काठमाडौ, कात्तिक १ । मंसिर १४ गते हुने उपचुनावको उम्मेदवारी दर्ता कात्तिक २१ गतेबाट हुने भएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ कास्की २ र प्रदेशसभातर्फ भोजपुर १ क, बाग्लुङ २ ख र दाङ ३ खको उम्मेदवारी दर्ताको मिति तोकेको हो ।

कात्तिक २१ गते विहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि २५ गते उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने आयोगले जनाएको छ ।


यस्तै धरान उपमहानगरपालिकाको प्रमुखसहित स्थानीय तहका ४८ रित्त पदहरुको उम्मेदवारी दर्ता कात्तिक २७ गते गर्ने आयोगले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्