एनआरएनए को अध्यक्षमा कुमार पन्त बिजयी, अन्यमा कोको भए निर्वाचित ?
काठमाडौं,कार्तिक १ । गैरआवसीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि नयाँ नेतृत्व चयन भएको छ ।
शुक्रबार विहान सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा कुमार पन्त विजयी भएका छन् ।
आफ्ना प्रतिस्पर्धी कुल आचार्यलाई १११ मतले उछिन्दै उनी आगामी दुई वर्षका लागि अध्यक्षमा निर्वा्चित भएका हुन् । बिहीबार भएको निर्वाचनको शुक्रबार सार्वजनिक मतपरीणामअनुसार पदाधिकारीमा कुमारको बहुमत देखिएको छ ।
महिलासहित ५ उपाध्यक्षमा भने मिश्रति परिणाम आएको छ । खुलातर्फ पन्त समूहका बद्री केसी (११६३), अर्जुनकुमार श्रेष्ठ (१०२७), सोनाम लामा (८९८) र आचार्य समूहका मन केसी (९६१) विजयी भएका छन् ।
महिला उपाध्यक्षमा पनि आचार्य समूहकै रविना थापा १२२१ मतका साथ विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी पन्त समूहकी सपिला राजभण्डारीले ८६३ मत ल्याएकी छन् ।
यस्तै २ सचिवमा गौरीराज जोशी (९१६) र आरकेशर्मा (८६८) विजयी भएका छन् ।
कोषाध्यक्षमा महेसकुमार श्रेष्ठ (१६५३) मतका साथ विजयी भएका छन् भने सहकोषाध्यक्षमा लोकप्रसाद दहाल (११८४) विजयी भएका छन् ।
महिला संयोजकमा भोमादेवी लिम्बु (७०२), युवा संयोजकमा हिमाल गुरुङ (७६८) विजयी भएका छन् ।
अध्यक्ष – कुमार पन्त
उपाध्यक्ष – बद्री केसी
उपाध्यक्ष – अर्जुन कुमार श्रेष्ठ
उपाध्यक्ष – सोनम लामा
उपाध्यक्ष – मन केसी
उपाध्यक्ष – रविना थापा
महासचिव – डा. हेमराज शर्मा
सचिव( गौरी जोशी
सचिव – आरके शर्मा
कोषाध्यक्ष( महेश श्रेष्ठ
सह कोषाध्यक्ष( लोक दाहाल
प्रतिक्रिया दिनुहोस्