गैरआवासीय नेपाली संघको अध्यक्षमा कुमार पन्त विजयी, को हुन् पन्त ?
काठमाडौं,१ कािर्तक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्।
यस्तै एनआरएनएको महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् । औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।
निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका थिए ।
बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो । बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो ।
आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको थियो ।
नवौं विश्व सम्मेलनले अध्यक्षका अर्का प्रतिस्पर्धी कुल आचार्यलाई हराउँदै पन्त विजयी भएका हुन् । निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ ।
निर्वाचनमा दुई हजार तीन सय ४४ मत खसेको थियो । ८१ देशबाट सम्मेलनमा भाग लिन एनआरएनएका प्रतिनिधि नेपाल आएका थिए ।
पन्त गोरखा फुजेलका हुन्। उनी पढ्न सन् १९९७ मा ग्रीस पुगे। तर लामो समय त्यहाँ बसेनन्, केही महिनापछि जर्मनी पुगे। उनले जर्मनीबाटै राजनीतिशास्त्रमा स्नातक गरेका छन्।
जर्मन पुगेको केही समयमा उनले होटलमा काम सुरू गरे। कोरियनले सञ्चालन गरेको होटलमा उनी चार वर्षसम्म म्यानेजर भए। त्यसपछि आफैंले होटल किनेर सञ्चालन गर्न थाले।
३६ कोठाको एउटा होटलबाट व्यवसाय सुरू गरेका पन्तको अहिले जर्मनी, बेल्जियम, स्वीट्जरल्याण्डमा गरी २९ वटा होटल छन्।
व्यवसायसँगै पन्त एनआरएनएमा पनि निरन्तर लागिरहे। सन् २००४ सालमा एनआरएनए जर्मनी राष्ट्रिय परिषद् गठन गरी क्षेत्रीय सदस्य बने। केही महिनापछि उनी संयोजक पनि भए।
सन् २००९ मा अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्, २०११ मा युरोप क्षेत्रको संयोजक निर्वा्चित उनी २०१३ देखि १५ सम्म अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्को महासचिव थिए। त्यसबेला शेष घले पहिलोपटक अध्यक्ष भएका थिए।
सन् २०१५ देखि दुई कार्यकाल पन्त उपाध्यक्ष नै रहेका थिए।
प्रतिक्रिया दिनुहोस्