म्यानमारमा राष्ट्रपति भण्डारीलाई ’गार्ड अफ् अनर’

काठमाण्डौ ,असोज ३० । यति बेला राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने राजकीय भ्रमणका क्रममा म्यानमारमा छिन् । म्यानमारमा राष्ट्रपति भण्डारीलाई ’गार्ड अफ् अनर’ दिएको छ ।


यसैबचि म्यान्मारको राजकीय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्मारकी स्टेट काउन्सिलर आङ सान सुकीबीच बिहीबार दुईपक्षीय वार्ता भइ पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

म्यान्मारको राजधानी नेपिटमा रहेको राष्ट्रपतीय भवनमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मार सरकारका अन्तर्रा्ष्ट्रिय सहयोगमन्त्री क्य तीनबीच दुई ओटा समझदारी पत्रमा हस्ताक्षर भइ आदानप्रदान भएको हो ।

राष्ट्रपति भण्डारी म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार साँझ म्यान्मारको राजधानी नेपित आइपुग्नुभएको थियो । राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सुकीबीच उपहार आदानप्रदानसमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्