पर्यटक बोकेको बस ट्रलीसँग ठोक्कियो, ३५ को मृत्यु, ४ घाइते

काठमाडौं, असोज ३० । पर्यटक बोकेको बस ट्रलीसँग ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ।


बुधबार साउदीको चर्चित मुस्लिम मस्जिद मदिना नजिकै दुर्घटना हुँदा ३५ जना पर्यटकको मृत्यु भएको हो भने ४ जना घाइते भएका छन्।


दुर्घटनामा अरब र एसियाका तीर्थयात्रीहरु रहेको द गार्डियनले जनाएको छ। बस र ट्रली एक आपसमा ठोक्किँदा बस पड्किएर आगलागी समेत भएको थियो।

घाइतेको अलहाम्ना अस्पतालमा उपचार भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्