तनाव अन्त्यका लागि छलफल गर्न उत्तर कोरिया र दक्षिण कोरिया सहमत

काठमाडौं । तिक्ततापूर्ण सम्बन्ध भएका दुई कोरिया सीमा क्षेत्रको तनाव अन्त्यका लागि छलफल गर्न तयार भएका छन् ।उत्तर कोरिया र दक्षिण कोरियाका सेना सीमा क्षेत्रमा रहेको तनाव अन्त्यका लागि छलफल गर्न तयार भएका हुन् ।

दुई कोरियाबीच पछिल्लो दुई वर्षमा पहिलो पटक भएको उच्चस्तरीय वार्तामा सीमा क्षेत्रको तनाव अन्त्यका लागि वार्ता गर्ने सहमति भएको हो ।

उच्चस्तरीय वार्तामा उत्तर कोरियाले आगामी फेब्रुअरीमा दक्षिण कोरियाको प्योङचाङमा हुने विन्टर ओलम्पिकमा आफ्ना खेलाडीसहितको टोली पठाउन सहमत भएको थियो ।

दुई कोरियाका अधिकारीहरुबीच दुई वर्षअघि बन्द गरिएको सैन्य हटलाई फेरि सुरु गर्ने सहमति पनि भएको दक्षिण कोरिया सरकारले जनाएको छ ।

तर, उत्तर कोरियाका अधिकारी भने परमाणु रहित बन्ने वा सीमा क्षेत्रलाई परमाणु हतियार मुक्त बनाउने कुरामा भने सकारात्मक देखिएको छैन ।

संयुक्त राष्ट्रसंघले दुई कोरियाबीच भएको छलफलको स्वागत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्