बैठकस्थलबाटै विप्लवका २१ जना नेता पक्राउ, नामावली सार्वजनिक (नामसहित)
काठमाडौं, असोज ३० । मध्यरातमा प्रहरीले विप्लव नेतृत्वको (नेकपा) राप्ती ब्यूरोको बैठकस्थलबाट पक्राउ गरेको २१ व्यक्तिहरुको नामावली सार्वजनिक भएको छ ।
दाङको राजपुर गाउँपालिका –४ को मुग्रेटाखोला नजिकै विप्लव समूहको बैठक भइरहेको सूचना पाएपछि प्रहरीले बैठकस्थल घेरा हालेर सहभागी नेतालाई पक्राउ गरेको हो । बैठकस्थलमा घेरा हालेर प्रहरीले विप्लवका दाजुसहित २१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।
केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यूरो इञ्चार्ज एवम् मध्य पश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द विप्लवका दाजु हुन् ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा लगिएको छ । प्रहरीले औपचारिक रुपमा घटनाबारे जानकारी दिएको छैन ।
पक्राउ पर्नेको नाम यस प्रकार छ ।
१) चन्द्रबहादुर चन्द (वीरजङ्ग) – केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यूरो इञ्चार्ज एवम् मध्य पश्चिम कमाण्ड इञ्चार्ज
२) केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्यूरो इञ्चार्ज
३) रामबहादुर थापा (सुन्दर) – राप्ती ब्यूरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
४) सविन पोख्रेल – राप्ती ब्यूरो कार्यालय सचिव
५) यमलाल कटुवाल(विक्रम) जिल्ला इञ्चार्ज
६) प्रदीप वली – जिल्ला सेक्रेटरी
७) बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष
८) सुनिल पौडेल– बुद्धिजीवी
९) एकराज चौधरी – एरिया नम्बर ४ इञ्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य
१०) धनबहादुर बोहोरा (महान) – एरिया नम्बर १ इञ्चार्ज एवम् राजपुर गाउँपालिका सेक्रेटरी
११) तिलक पुन – पूर्व जनमुक्ति सेना
१२) सुरज विक – दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
१३) हितप्रसाद रोका – पार्टी सदस्य
१४) पोष्टमान घर्ती – रोल्पा जिल्ला सदस्य
१५) दलबहादुर खत्री
१६) अमित घर्ती मगर
१७) बालकृष्ण शर्मा
१८) जीत क्षेत्री
१९) रमेश आचार्य
२०) बिष्णु थापा
२१) कुलबहादुर ओली रहेका छन् ।
उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय, दाङमा ल्याएको छ । समूहको राप्ती ब्युरो बैठकमा घेराबन्दी गरेर प्रहरीले २१ जनालाई पक्राउ गरेको थियो । त्यसक्रममा महत्वपूर्ण दस्तावेज, हतियार, चन्दा संकलन गरिएका रसिद लगायत बरामद भएको छ ।
प्रतिक्रिया दिनुहोस्