नेकपा सांसद पार्वत गुरुङसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, असोज २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ।

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित गुरुङलाई ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ पुर्जी जारी गरेको हो।

सांसद गुरुङसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
नेकपाका केन्द्रीय सदस्यसमेत रहेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय दोलखाले ८ असोजमै पक्राउ पुर्जीको म्याद तामेल गरेको थियो।

गुरुङविरुद्ध दोलखाका वीरध्वज खड्काको २९ वैशाख ०७६ मा काठमाडौँ जिल्ला अदालतमा जाहेरीले दर्ता गराएका थिए।

०७४ वैशाखमा भएको स्थानीय निर्वाचनमा खड्कामाथि काठमाडौँमा आक्रमण भएको थियो।
०७४ बैशाखमा भएको स्थानीय निर्वाचनमा खड्कामाथि काठमाडौंमा आक्रमण भएको थियो ।
त्यसमा गुरुङ पनि संलग्नता भएको भन्दै उनीविरुद्ध खड्काले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्