विवेकशील नेपाल दलको अध्यक्षमा पाण्डे निर्वाचित , महासचिवमा सिलवाल

काठमाडौं , असोज २९ । विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित भएका । शिव थापालाई पराजित गर्दै पाण्डे अध्यक्षमा विजयी भएका हुन् । पाण्डे ५८ प्रतिशत मत प्राप्त गरेका थिए । ५ प्रतिशत मत नो भोटमा खस्दा बाँकी मत थापाले पाएका थिए ।


अहिलेसम्म अध्यक्ष, महासचिव र नीति सचिव निर्वा्चित भएको दलले पाण्डेले जानकारी दिए ।

उनका अनुसार महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जिव भट्टराई निर्वा्चित भएका छन् । सिलवालले कर्मा तामाङ र भट्टराईले विजयबाबु सिवाकोटीलाई पराजित गरेका हुन् ।

उपाध्यक्ष, व्यवस्थापन सचिव र कोषाध्यक्षको चुनाव बुधबार हुँदैछ । विवेकशीलको कार्यसमिति ९९ सदस्यीय हो ।

जसमा सात प्रदेशबाट पाँच जनाका दरले सदस्यहरू आउँछन् । प्रदेश निर्वाचनपछि हुने उनले बताए । जनकपुर सम्मेलनबाट भने २२ सदस्यीय समिति चयन हुनेछ ।

गत वर्ष पुसमा संयोजक मध्येका एक उज्वल थापाको नेतृत्वमा विवेकशील साझा पार्टी फुटेको थियो । तर पार्टी पहिलो महाधिवेशनमा नै उज्वले थापाले अध्यक्षमा उम्मेद्वारी नदिने घोषणा गरेका थिए ।

११ साउन २०७४ मातत्कालीन विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीबीच पार्टी एकता भएको थियो ।

तर, पछि ३७ सदस्यीय केन्द्रीय समितिका १६ जनाले विवेकशील नेपाली दल ब्युताएका थिए । जसमा चर्चित युवा नेत्री रञ्जु दर्शनादेखि प्रदेश–३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसमेत रहेका थिए ।

निर्वाचनमा विदेशबाट समेत मतदान गर्ने व्यवस्था मिलाइएको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्