देशका धनाढ्यहरुले सरकारले गरेका काम देखेनन् : प्रधानमन्त्री ओली
काठमाण्डौ , असोज २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका धनी र हुनेखानेहरुले सरकारले गरेका काम नदेखेको बताएका छन्
नेपाल कम्युनिष्ट पार्टीले दशैँ तिहार र छठ पर्वको उपलक्ष्यमा काठमाण्डौको भृकुटीमण्डपका गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
देशमा गरिब दुःखी र मध्यम वर्गले सरकारका कामको प्रसंसा गरेको र उनीहरुको जीवनस्तरमा सुधार भैरहेको तर धनाढ्यहरुले सरकारले केही गरेन भनेर आलोचना गरेको आरोप लगाए ।
वृद्धवृद्धाको लागि भत्ता बढाएको, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी भैरहेको, गरिबी निवारण जस्ता काम भैरहेको प्रधानमन्त्रीले दाबी गरे ।
वर्तमान सरकारले ठूला ठूला विकासका आयोजनाको सुरु गरेको वर्षौँसम्म अलपत्र परेका आयोजना पूरा गरेको दाबी गर्दै प्रधानमन्त्री ओलीले अब पश्चिम सेती, पञ्चेश्वर, बुढिगण्डकी लगायतका आयोजना निर्माणमा तीव्रता आउने बताए ।
उनले यस्ता विकासका कामले विस्तारै निरन्तरता पाइरहनेमा जोड समेत दिए । सरकारले जति सुकै राम्रा काम गरे पनि देख्ने नगरेको उनले बताए । नेपाल कम्युनिष्ट पार्टीले दशैँ तिहार र छठ पर्वको उपलक्ष्यमा काठमाण्डौको भृकुटीमण्डपका गरेको कार्यक्रममा नेकपाका नेता तथा कार्यकर्ताको घुइचो लागेको छ ।
प्रतिक्रिया दिनुहोस्