पार्टी एकताको लागि एमाले र माओवादी केन्द्रको बैठक बालकोटमा

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक सुरु भएको हो ।

बैठकले राजनीतिक–बैचारिक र पद बाँडmaostफाँटको विषय मिलाउन छुट्टाछुट्टै कार्यदल गठन गर्ने छलफल भएको बताइएको छ ।

एकता संयोजन समितिमा एमालेबाट अध्यक्ष ओलीसहित माधवकुमार नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेल छन् भने माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’ सदस्य छन् ।
यस बैठकको निष्कर्षबाटै पार्टी एकताको बाटो खुल्ने पार्टी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्