सुरक्षा कारबाहीमा १३ तालिबान लडाकू मारिए

काठमाडौं, असोज २८ । दक्षिण अफगानिस्तानमा १३्र तालिबान लडाकू मारिएका छन् ।
अफगानिस्तानको जाबुल प्रान्तको शाहजोय जिल्लामा भएको एक सुरक्षा कारबाहीको क्रममा कम्तीमा १३ तालिवान लडाकू मारिएका सेनाद्वारा मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।


प्रेस विज्ञप्तिका अनुसार सोमबार समस्याग्रस्त शाहजोई जिल्लाका केही भागमा सञ्चालन गरिएको यस अभियानमा चार जना लडाकू घाइते भएका थिए ।


उक्त क्षेत्रमा विद्रोहीहरुलाई सफा नगरेसम्म कारबाही जारी रहने प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ । तालिबानी संगठनले यस कारबाहीको बारेमा केही टिप्पणी गरेका छैनन् ।

दक्षिण अफगानिस्तानमा सुरक्षा कारबाहीका क्रममा विभिन्न समयमा लडाकुहरु मारीने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्