चिनियाँ राष्ट्रपतिको आगमनले भ्रमण वर्षलाई महत्वपूर्ण योगदान पुर्याउँछ: पर्यटन मन्त्री भट्टराई
काठमाडौं, असोज २८ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले नेपाल भ्रमण वर्ष–२०२०’ लाई प्रवद्धन गर्न महत्वपूर्ण योगदान पु(याउने बताएका छन् ।
मंगलबारबाट काठमाडौंमा सुरु भएको दोस्रो चीन–दक्षिण एशीया सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री भट्टराईले चिनियाँ राष्ट्रपति सीले नेपालको दुई दिने राजकीय भ्रमणको क्रममा दिएका प्रत्येक ‘स्टेटमेन्ट’ले सो भ्रमण वर्षलाई प्रवद्र्धन गर्न सघाउ पु(याउने विश्वास व्यक्त गरे ।
उनले राष्ट्रपति सीको नेपाल भ्रमणले चिनियाँ बुद्धिष्टहरुलाई लुम्विनीको भ्रमण गर्न पनि अभिप्रेरित गरिरहने अपेक्षा पनि गरे।
चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमणको क्रममा दिएको प्रत्येक स्टेटमेन्टले नेपाल भ्रमण वर्ष–२०२०’ लाई प्रवद्र्धन गर्न महत्वपूर्ण सहयोग पु(याउने मैले विश्वास लिएको छु,’ मन्त्री भट्टराईको भनाई थियो।
यसले वुद्ध धर्ममा आस्था राख्ने चिनियाँ नागरिकलाई पनि लुम्विनीको भ्रमण गर्न थप प्रेरित गर्नेछ।’ सत्रमा बोल्दै उनले चीन र दक्षिण एशियाका विद्धान साहित्यहरुको उपस्थितिले पनि नेपाल भ्रमण वर्ष–२०२०’लाई माथि उठाउन महत्वपूर्ण सहयोग पु¥याउने पनि बताए।
मन्त्री भट्टराईले सांस्कृतिक धरोहरुको रुपमा रहेको नेपालमा भूकम्पले ध्वस्त बनाएका सबै सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणको कामले तीव्रता पाएको उल्लेख गर्दै दुई वर्ष्भित्रै पुनर्निर्माणको काम सम्पन्न गरिसक्ने प्रतिवद्धता समेतथ व्यक्त गरका छन् ।
सम्मेलन कार्तिक ३ गतेसम्म चल्ने भएको छ । सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तानलगायतका देशका प्राज्ञहरुले १६ वटा कार्यपत्र प्रस्तुत गर्ने भएका छन । सम्मेलन पहिलो पटक गत वर्ष चीनको छेन्दु सहरमा आयोजना गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्