पैसा बचाइ राख्नुस, दशैं लगतै आउँदैछ आईपिओ

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपिओ) निष्काशन गर्ने भएको छ ।
असोज १८ गतेदेखि माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा एक करोड ८०  लाख रुपैयाँ बराबरको एक लाख ८०  हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

सर्वसाधारणका लागि छुट्याइएको एक लाख ८० हजार कित्ता आइपिओ मध्ये कम्पनीले २ प्रतिशत अर्थात ३६०० कित्ता साधारण शेयरहरु कम्पनीका कर्मचारीहरुको लागि सूरक्षित गरिएको तथा ५ प्रतिशतका दरले नौ हजार कित्ता साधारण शेयरहरु सामुहिक लगानी कोषहरुलाई विक्री गरिसकेको छ ।

माइक्रोफाइनान्सको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । सेयर निष्काशन असोज २३ गतेसम्म खुला रहनेछ ।

हाल सपोर्ट माइक्रोफाइनान्सको चुक्तापुँजी चार करोड २० लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्