सांसद साहलाई सात दिनभित्र कारबाही नभए उडान बन्द गर्ने चेतावनी

काठमाडौं, असोज २८ । जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टर तोडफोड गर्नेलाई कारबाही गर्न नेपाल वायुसेवा सञ्चालक संघ माग गरेको छ । सात दिनभित्र कानुनी कारबाही नभए सबै उडान बन्द गर्ने संघले चेतावनी समेत दिएको छ।

उडान ढिला भएको भन्दै तोडफोड गरिएको घटनाप्रति भत्सर्ना गर्दै संघले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको हो ।


राष्ट्रिय जनता पार्टीका सांसद प्रमोदकुमार साहले सोमबार बिहान बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड गरेको संघले आरोप लगाएको छ।

संघले एक प्रेस विज्ञप्ति जारी गर्दै यदि कारबाही नभए असुरक्षाको कारण उडान बन्द गरिने जानकारी गराएको छ। यसैबि तोडफोड गर्ने साहलाई विमानस्थलबाट पक्राउ गरिसकिएको छ । उनलाई जनकपुर लैजाने तयार भएको छ । यता राजपाले भने पक्राउ गरकोमा आपत्ति जनाएको छ । उसले यसको विरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्