बालकृष्ण खाँणले भने: गोविन्द केसीका जायज मागलाई राज्यले सम्बोधन गर्नुपर्छ

काठमाडौं। नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले डा गोविन्द केसीको जायज मागलाई राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा खाँणले भने ,‘उहाँप्रति हाम्रो सम्मान, आदर, मान छ, सर्वोच्च अदालतले आफ्नो निर्णय पूर्नविचार गरोस्, तर न्यायलयप्रति पनि हाम्रो सम्मान छ।’

डाक्टर केसीले जनजीवनसम्बन्धी खासगरी स्वास्थ्य र शिक्षासम्बन्धी महत्वपूर्ण मुद्दाहरुको उठान गरेको उनको भनाई थियो । खाँणले भने,‘उहाँका जायज विचारलाई राज्यले सम्बोधन गर्नुपर्छ।’

कार्यक्रममा उनले प्रदेश प्रमुख तोक्ने तयारीमा सरकार लागेको उल्लेख गर्दै प्रदेशको अस्थायी राजधानी पनि यही सरकारले तोक्ने बताए।

प्रतिक्रिया दिनुहोस्