एनआरएनए अध्यक्ष पदका प्रत्यासी आचार्यको प्यानलसहित उम्मेदवारी घोषणा
काठमाडौँ, २७ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय अध्यक्ष पदका प्रत्यासी कुल आचार्यको प्यानलले उम्मेदवारी घोषणा गरेको छ ।
आचार्यको टिमले काठमाडौँमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै आफ्नो टिम घोषणा गरेका हुन्। आचार्यले मुख्य पदका उम्मेदवारहरुलाई एकै ठाउँमा राखेर आफ्नो समूह मजबुत रहेको दावी गर्र्दै आफ्नो टिमसहितको प्यानलको घोषणा गरे ।
महासचिवमा अन्ततस् बेल्जियम निवासी जानकी गुरुङको नाममा सहमति भएको छ । आचार्य समूहको समर्थनमा गुरुङले महासचिव पदमा उम्मेदवारी दिने पक्का भएको छ। आचार्य समूहमा यसअघि अमेरिकाका डा. केशव पौडेल र मध्यपूर्वका डीबी क्षेत्रीले पनि महासचिव पदका लागि दावी गर्दै आएका थिए तर यसलाई अन्तिम रुप दिंदै अमेरिकाका डा. पौडेलले अन्ततस् उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्। काठमाडौं पुगेर नै महासचिव पदमा उम्मेदवारी घोषणा गरेका उनले साथीभाइको सल्लाहमा महासचिवबाट पछि हटेर उपाध्यक्षमा उम्मेदवारी दिन सहमत भएको बताए ।
आचार्य समूहबाट उपाध्यक्षमा डा. पौडेलसँगै, मन केसी (अष्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व), रबिना थापा (अमेरिका)ले उम्मेदवारी दिने भएका छन्। यस्तै वर्तमान सह–कोषाध्यक्ष सोम सापकोटाले कोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका प्रत्यासी आचार्यले अन्य इच्छुक उम्मेदवारलाई समेटेर अघि बढ्ने बताए। आँफूले प्रजातान्त्रिक समूह नभइ सिङ्गो एनआरएनको समूह बनाएको दावी गर्दै आचार्यले आफ्नो प्यानलको बचाउ गरे।
प्रतिक्रिया दिनुहोस्