सानिमा बैंकले १६ प्रतिशत बोनस शेयर दिने

काठमाडौं । सानिमा बैंक लिमिटेड ले लगानीकर्तालाई बोनस शेयर दिने भएको छ । संचालक समितिको भदौ १६ गते बसेको बैठकले लगानीकर्तालाई १६ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७३/०७४ को चौथो त्रैमासमा नाफा ३० दशमलव ५३ प्रतिशतले वृद्धि गरी १ अर्ब ३० करोड १ लाख रुपैयाँ कमाउन सफल भएको छ ।
छ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी भएको सानिमा बैंकले जगेडा कोष करिब साढे २ गुणाले वृद्धि गरी २ अर्ब १६ करोड ४ लाख रुपैयाँ बनाएको छ ।
बैंकको निक्षेपमा गत वर्षको सोही अवधिको तुलनाभन्दा २५ दशमलव ४२ प्रतिशतले वृद्धि गरी ५८ अर्ब २२ करोड ८४ लाख रुपैयाँ संकलन गरेर ५१ अर्ब २६ करोड ५४ लाख रुपैयाँ कर्जामा लगानी गरेको छ । बैंकले कर्जामा वृद्धि गरेसँगै आफ्नो खुद ब्याज आम्दानी ३० दशमलव १९ प्रतिशतले वृद्धि गरी २ अर्ब २४ करोड २१ लाख रुपैयाँ पुगेको छ ।  सञ्चालन मुनाफा ३५ दशमलव २५ प्रतिशतले बढेर १ अर्ब ९९ करोड ९३ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजन १३ करोड २० लाख रुपैयाँ राखिएको छ भने खराब कर्जा ३३ लाख रुपैयाँ उठाएको छ ।

बैंकको निष्कृय कर्जा शून्य दशमलव शून्य १ प्रतिशत, पुँजीकोष अनुपात १५ दशमलव ५५ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १८ दशमलव ८५ रुपैयाँ, मूल्य आम्दानीको अनुपात वार्षिक २२ दशमलव ८७ गुणा, प्रतिशेयर नेटवर्थ १३१ दशमलव ३२ रुपैयाँ र तरलता अनुपात २६ दशमलव शून्य ८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्