हत्या आरोपी आलम सांसद पदबाट निलम्वित

काठमाडौं, असोज २७ । हत्या आरोपमा केहि दिन अगीमात्रै पक्राउ परेका मोहम्मद अफताब आलमलाई सांसद पदबाट निलम्बन गरिएको छ । ।

सोमबार सूचना जारी गरी संसद सचिवाालयले आलम निलम्बनमा परेको जानकारी दिएको हो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उनीमाथि २०६४ चैत्र २७ गते राजपुरमा भएको बम विस्फोटको घटनामा घाइते भएकाहरुलाई जिउँदै जलाएर हत्या गरेको आरोप छ ।

रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री आलमलाई प्रहरीले आइतबार बिहान इद्रिस गेट अगाडिबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्