डा. के.सी. आज पनि प्रहरी हिरासतमा, आज बहस हुन सकेन

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा.डा.गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा आज मंगलबार बहस हुन सकिएको छैन।

हिजो बेलुका सर्वोच्चको आदेशपछि पक्राउ परेका डा. केसीलाई विहान ९ बजे नै अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीशद्वय ओमप्रकास मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा पेशी तोकिएको थियो ।

 

तर, सोमबार डा. केसीको बयान मात्र सकिएको छ । बयानका क्रममा केसीले आफूले नभई प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको भन्दै उनीमाथि छानविन गर्न माग गरेका छन् ।

बयानमा संलग्न अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार बेञ्च भोलिलाई सारिएको छ । डा. केसी आज मंगलबार पनि प्रहरी हिरासतमै रहनेछन् ।

सोमबार राति अनसनस्थलबाट पक्राउ गरिएका डा. केसीलाई आज पनि सिंहदरबार प्रहरी बृत्तमा राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्