नेपाल र चीनबीचको सम्बन्ध नयाँ युगमा प्रवेश: राष्ट्रपति भण्डारी

काठमाडौं, असमोज २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिन पिङको राजकीय भ्रमणबाट नेपाल र चीनबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएकी छिन् ।

चिनियाँ राष्ट्रपति सी स्वदेश फर्किएलगत्तै सामाजिक सञ्जालमार्फत राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले सीको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीन बीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको दाबी गर्दै नेपाल र नेपालीप्रति दर्शाउनुभएको अपार सद्भावका लागि हार्दिक कृतज्ञता समेत ज्ञापन गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्