जिविस महासंघको राष्ट्रिय परिषद् माघ १० र ११ गते हुने

काठमाडौं । जिल्ला विकास समिति महासंघको राष्ट्रिय परिषद् माघ १० र ११ गते काठमाडौंमा हुने भएको छ ।
महासंघको पौष ११ मा बसेको केन्द्रीय कार्य सम्पादन बैठकको निर्णयानुुसार वर्तमान संविधान अनुसार जिल्ला विकास समिति महासंघ नेपालको नाम परिवर्तन तथा विधान संशोधन र नयाँ कार्य समिति चयन समेतका लागि आगामी २०७४ माघ १० र ११ गते काठमाडौंमा राष्ट्रिय परिषद्को आयोजना गर्न लागेको हो ।
सो परिषद्मा जिल्ला समन्वय समितिका प्रमुख, उप–प्रमुख र एक सदस्य गरी तीन जनाको दरले ७७ वटै जिल्लाको प्रतिनिधित्व हुनेछ । सो कार्यक्रमको समुद्घाटनको लागि सम्माननीय प्रधानमन्त्रीलाई अनुरोध गर्ने पनि निर्णय गरेको महासंघले जनाएको छ ।
यहि परिषदले नै नाम परिवर्तनका साथै संघिय रुपमा कार्यालयको व्यवस्थापन गरीने समेत महासंघले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्