चिनियाँ राष्ट्रपति सीले चीन भ्रमणको निम्तो दिनुभएको छ : सभापति देउवा

काठमाडौं, असोज २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सीले चीन भ्रमणको निम्तो दिएको बताएका छन् । आइतबार पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन्


उनले भने ‘उहाँले चीन भ्रमणको निम्तो दिनुभएको छ । मिलाएर आउँछु भनेको छु’
‘सीको भ्रमणलाई नेपाली कांग्रेसले स्वागत गरेको छ, चीनले विगतदेखि नै नेपाललाई सहयोग गर्दै आएको छ, भोलिको दिनमा पनि गरोस् भन्ने चाहना छ’ उनले भने ।


साथै सभापति देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणलाई कांग्रेसले स्वागत गरेको बताउँदै चीन नेपालको पुरानो मित्र शक्ति भएको टिप्पणी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्