अब नेपाली फलफूलले चिनियाँ बजारमा प्रवेश पाउन

काठमाडौं , असोज २६ । अब नेपालमा उत्पादन भएका सुन्तलाले चीनीयाँ बजारमा प्रवेश गर्न पाउने भएको छ ।


चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणपछि भएको सहमति अनुसार अब चीनीयाँ बजारमा नेपाली सुन्तला निर्यात गर्ने बाटो खुलेको छ ।


चिनियाँ बजामा कसिलो चिनियाँ क्वारेन्टाइनका कारण नेपालबाट सुन्तला, कागती जस्ता फलफूल निर्यात केही वर्षदेखि रोकिएको थियो । नेपाली फलफुलले त्यहाँ स्थान पाउन सकेको थिएन् ।
आइतबार चिनियाँ राष्ट्रपति र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालका लागि चिनीयाँ राजदूत र कृषि सचिव डा.युवकध्वज जिसीले समझदारी पत्र साटासाट गरे ।


कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुबेदीका अनुसार आइतबार भएको समझदारीले साबिककै चिनियाँ मापदण्डमा नेपाली फलफूलले चिनियाँ बजारमा प्रवेश पाउने भएको हो ।

नेपाली उत्पादनको बजार बिस्तार र व्यापार घाटा न्यूनिकरणका लागि समझदारी फलदायी हुने विश्वास कृषि मन्त्रालयको छ । यसरी नेपाली फलफुलले चिनियाँ बजरमा प्रवेश पाउने भएपछि नेपाली उत्पादनको बजार बिस्तार हुने र केहि ब्यापार बढ्ने अपेक्षा पनि लिएको छ ।

प्रतिक्रिया दिनुहोस्