राष्ट्रपति सीले नेकपा नेतालाई भने- सत्ता कब्जा गरेको आधारमा होइन निरन्तर जनसेवा गरेर जनताको समर्थन पाइरहेको छौं

काठमाडौं, असोज २६ । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल लगाएत संग भेट गरेका छन् । भेटमा उनले पार्टीभित्र सुशासन आवश्यक हुनु पर्नेमा जोड दिएका छन् ।

होटल सोल्टीमा आइतबार भएको भेटवार्तामा राष्ट्रपति सीले शासन सञ्चालन गर्न कम्युनिष्ट पार्टीले आफूभित्र नै स्वच्छता र सुशासनमा ध्यान दिनुपर्ने उनले बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीले चीनमा शासन गर्न सक्नुको कारण एकपटक गरेको सत्ता कब्जा मात्रै नभएको सीको भनाइ छ। भेटवार्तामा सीले भनेका छन्, ’चीनमा चिनियाँ कम्युनिष्ट पार्टीले शासन गर्न सकेको क्रान्ति गर्दा एकचोटी सत्ता कब्जा गरेको आधारमा होइन। निरन्तर जनसेवा गरेर जनताको समर्थन पाएकोले हो।’


सुशासनमा ध्यान दिए शासन सञ्चालन गर्न सजिलो हुने अनुभव राष्ट्रपति सीले भेटवार्तामा सुनाएको नेकपाका प्रवक्ता नारायाणकाजी श्रेष्ठले बताए ।

राष्ट्रपति सीलाई भेट्न नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल, नेता झलनाथ खनाललगायत सचिवालय सदस्यको सहभागीता रहेको थियो

प्रतिक्रिया दिनुहोस्