सभापति देउवा र चिनियाँ राष्ट्रपति सीबीच भेटवर्ता , यस्तो भयो छलफल
काठमाण्डौ, असोज २६ । प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ ।
भेटमा द्विपक्षीय आपसी सम्बन्धलाई थप सबल बनाउने विषयमा छलफल भएको बताएको छ ।
शनिबार साँझ भएको भेटमा सभापति देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) प्रति नेपालको समर्थन र बढी प्रतिफल हुने परियोजनामा लगानी सहयोगको अपेक्षा गर्नुभएको काङ्ग्रेसका सह(महामन्त्री एवं पूर्वपरराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
भेटमा सभापति देउवाले नेपाली काङ्ग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीच लामो समयदेखि सुमधुर सम्बन्ध रहिआएको बताउँदै तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनको नेपाल भ्रमणका बेला आफू पहिलो पटक प्रधानमन्त्री रहेको स्मरण गरेका थिए ।
भेटवार्तामा सभापति देउवाले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमि छिमेकी मित्रराष्ट्रको अहितमा प्रयोग हुन नदिने राष्ट्रपति सीलाई विश्वास दिलाउनुभएको डा. महतले जानकारी दिए ।
राष्ट्रपति सीको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा र्पुयाउन र दुवै देशले एकआपसबाट व्यापार, ऊर्जा, पूर्वाधारलगायतका क्षेत्रमा लाभ लिन सकिने सभापति देउवाले भेटमा विश्वास व्यक्त ग्रेकका थिए ।
राष्ट्रपति सी दुई दिवसीय नेपालको राजकीय भ्रमणका लागि शनिबार अपराह्न नेपाल आइपुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्