नेपाली कांग्रेसको चियापान असोज २६ मा हुने

काठमाडौं, असोज १४ । नेपाली कांग्रेसले चियापान तथा शुभकामना असोज २६ म गर्ने भएको छ ।
प्रत्येक वर्ष कोजाग्रत पुर्णिमाका दिन गरिने चियापान कांग्रेस केन्द्रिय कार्यालयमा हुने प्रवक्ता विश्व प्रकाश शर्माले पत्रकार मार्फत जानकारी दिएका हुन् ।


हरेक वर्षको पर्वहरुमा गर्दै कांग्रेस गर्दै आएको चियापान उपत्यका बाहिरका जिल्लामा समेत हुने भएको जनाएको छ ।


०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएपछि जननायक वीपी कोइरालाले प्रारम्भ गरेको चियापानको कार्यक्रम मार्फत सद्भाव आदान–प्रदानको निरन्तरता क्रममा आगामी असोज २६ गते आइतबार कोजाग्रत पूर्णिमाका दिन अपरान्ह १ बजेदेखि ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसले चियापान कार्यक्रम आयोजना गर्दैछ ।

विगतमा केन्द्रीय रुपमा मात्रै आयोजना गरिने दशै, तिहार र नेपाल सम्वतका अवसरमा कोजाग्रत पूर्णिमाको दिनको चियापन कार्यक्रम गत वर्षबाट एकै दिन देशव्यापी आयोजना गरिएझै यसपटक पनि काठमाडौँ उपत्यकाका हकमा केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको र उपत्यका बाहिर ७४ जिल्लामा नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुको आयोजनामा सम्पन्न हुनेछन्।

प्रतिक्रिया दिनुहोस्