उपनेता नेम्वाङ्गले भने – महरालाई अब नेकपाले सांसदका रुपमा चिन्दैन
काठमाडौँ , असोज १४ । नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले कृष्णबहादुर महरालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब सांसदका रुपमा नचिन्ने बताएका छन् ।
महरा प्रकरणबारे सिंहदरबारमा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेकपा संसदीय दलका उपनेता नेम्वाङ्गले यस्तो बताएका हुन् ।
उनले , ‘उहाँलाई अब नेकपा संसदीय दलले सांसदका रुपमा चिन्दैन । उहाँ संसदीय गतिविधि तथा दलको बैठकमा सहभागी पनि हुन पाउनु हुने छैन ।’
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महरामाथि बलात्कारको आरोप लगाएसंगै महराले नैतिकताको आधारमा सभामुखबाट राजीनामा दिएका छन् ।
उनी सम्बद्ध सत्तारुढ दल नेकपाको केन्द्रीय सचिवालय बैठकले सभामुखसँगै सांसद पदबाट पनि राजीनामा दिन भनेको थियो । महराले भने सभामुखबाट मात्रै राजीनामा दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्