महरा प्रकरण – प्रहरीले थाल्यो अनुसन्धान , घटनास्थलबाट रक्सीका बोतल र कपडा बरामद

काठमाडौं , असोज १४ । जबरजस्तीकरणीको आरोप लागेपछि सभामुख पदका राजीनामा दिएका कृष्णबहादुर महराको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ ।

मंगलबार दिउँसो घटना भएको भनिएको सुविधानगरस्थित पीडितको घरबाट रक्सीका बोतल, कपडा र अन्य सबुत संकलन गरिएको प्रहरीस्रोतले बताएको छ ।


‘हामीले सीसी टीभी फुटेज संकलन गरेर पनि विश्लेषण थालेका छौं ।’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।


आफ्नै कर्मचारीले जबरजस्तीकरणीको आरोप लगाएपछि महराले मंगलबार दिउँसो पदबाट राजीनामा दिएका छन् ।यो संगै अब सभामुख महारको ठाउँमा को आउने भन्ने विषयको चासो पनि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्