विद्यालयका प्रधानाध्यापक र कार्यालय सहयोगी ४० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ
काठमाडौं, असोज १४ । ४० हजार रुपैयाँ घुससहित विद्यालयका प्रधानाध्यापक र कार्यालय सहयोगी पक्राउ परेका छन् ।
कपिलवस्तुमा रहेको एउटा विद्यालयका प्रधानाध्यापक र कार्यालय सहयोगीलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको हो ।
शिवराज नगरपालिका-६, विशुनपुरमा रहेको श्री बाल ज्योति मा.वि.का प्रधानाध्यापक रविन्द्र प्रसाद मौर्य र कार्यालय सहयोगी राम कुमार लोनियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले रंगेहात पक्राउ गरेको हो ।
विज्ञान शिक्षक भर्ना गर्ने उद्देश्यले रकम मागिएको र रकम लेनदेन गर्दै गर्दा उनीहरुलाई चन्द्रौटामा रहेको न्यू सिद्धार्थ होटलबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
पक्राउ परेकामाथि थप अनुसान्धन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्