सरकारले सुम्पेको जिम्मेवारी पुरा गर्न प्रहरी सक्षम छ : महानिरीक्षक खनाल
काठमाडौं , असोज १४ । महानगरीय प्रहरी तथा ट्राफिक प्रहरी वृत्त महाराजगञ्जको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ । भवनको उद्घाटन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गरेका हुन् ।
उद्घाटन गर्दै उनले सरकारले सुम्पेको जिम्मेवारी पुरा गर्न नेपाल प्रहरी सक्षम रहेको बताएका छन् ।
सरकारले दिएको जिम्मेवारी अनुसार शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी सक्षम रहेको उनले बताए ।
महानिरीक्षक खनालले नागरिक र प्रहरीको सहकार्यबाट अपराध नियन्त्रण गर्न सकिने भन्दै पछिल्लो समय नागरिक र प्रहरीबीचको सम्बन्ध बलियो बन्दै गएको उल्लेख गरे ।
कार्यक्रममा महानगरीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले समाजमा शान्ति सुरक्षा कायम गर्न प्राप्त सुचना प्रहरीलाई दिन आग्रह गरे ।
पाँच तले अत्याधुनिक भवन ११ करोड रुपैयाँको लागतमा निर्माणमा भएको हो ।
प्रतिक्रिया दिनुहोस्