उन्नतिको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले पुस २१ गते शुक्रबारदेखि खुला गरेको साधारण सेयरमा आवेदन गर्ने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले एक करोड ६५ लाख रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरको एक लाख ६५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले आईपीओमा ७५ जिल्लाबाटै आस्वा सदस्यमा सहभागि भएका सबै बैंक तथा वित्तीय संस्थाबाट मंगलबार दिउँसो ३ बजेभित्र आस्वा तथा अनलाईन आस्वा प्रणाली मार्फत आवेदन गर्न सक्नेछन् ।

यस भन्दा अगाडिका आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन गर्नुपर्ने व्यवस्था भएपनि यसमा भने लगानीकर्ताले १० कित्तादेखि अधिकतम ८२० कित्ता सेयरसम्म आवेदन गर्न पाउने व्यवस्था छ ।

माइक्रोफाइनान्सको सेयर १५ हजार १५ जनाले गोला प्रथाबाट १० कित्ताका दरले मात्र प्राप्त गर्ने भएकाले १० कित्ता आवेदन गर्ने र ८२० कित्ता आवेदन गर्ने दुबैको आईपीओ पर्ने सम्भावना बराबर रहन्छ ।

कम्पनीले निष्काशन गरेको कुल आईपीओको ४ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता संस्थाका कर्मचारीलाई छुट्याइएको छ । पाँच प्रतिशत अर्थात ८ हजार २५० कित्ता ११ वटा सामूहिक लगानी कोषलागि बाँडफाँड गरिएको छ भने बाँकी एक लाख ५० हजार १५० कित्ता सेयर सर्वसाधारणमा विक्री हुनेछ हो ।

प्रतिक्रिया दिनुहोस्