सुरु भयो दशैंका लागि च्यांग्राको बिक्री
काठमाडौं , असोज १३ । दशैंका लागि सरकारले सोमबारदेखि च्यांग्राको बिक्री थालेको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सोमबारदेखि थापाथलीबाट च्यांग्राको बिक्री गर्न थालेको हो ।
जिउँदो च्यांग्रा प्रतिकिलो ३७ सय ३० रुपैयाँमा बिक्री गरेको कम्पनीले जनाएको छ । दशैंका लागि सरकारले मुस्ताङबाट च्यांग्रा ल्याएको हो ।
दशैंका लागि ल्याएको खसीबोका आइतबारदेखि नै बिक्री भइरहेको छ । सर्वसाधारणले थापाथलीस्थित बिक्री केन्द्रमा गई च्यांग्रा खरिद गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्