कम्युनिस्ट सरकारले दुई तिहाइको दुरुपयोग ग¥यो स् नेता खाँण
काठमाडौं, असोज १३। नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले कम्युनिस्ट सरकारले दुई तिहाइको दुरुपयोग गरेको बताएका छन् ।
सोमबार जनकपुरमा प्रेस यूनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘अहिलेकोे कम्यूनिष्ट सरकारले दुई तिहाई मतको दुरुपयोग गरेको छ । नेपालमा चीनमा जस्तो कम्यूनिष्टकरण हुन कुनै हालतमा हामी दिदैनौ’ खाँणको भनाई छ ।
वर्तमान संविधानप्रति सबैको स्वामित्व बढाउन संशोधन गर्नुपर्ने बताउँदै पूर्व रक्षामन्त्री समेत रहेका खाँणले संविधान सर्वस्वीकार्य हुन संशोधन जरुरी रहेको बता ।
‘मधेशी, आदिवासी जनजाती, महिला, दलित, हरेक वर्ग, र क्षेत्रलाई सर्वस्वीकार्य हुन संशोधन आवाश्यक छ’ नेता खाडले भने, ‘संविधान बहुलवादमा आधारित छ ।
तर सरकारले संसदीय व्यवस्थालाई बाईपास गरी कार्यकारी प्रणालीलाई कार्यान्वयन गरेर दुई तिहाईको सरकार अघि बढ्न चाहेको छ ।’ उनले सरकारलाई निरंकुश हुनबाट बचाउन, संसदीय व्यवस्था र लोकतन्त्रलाई टिकाउन काँग्रेस अडिग रहेको बताए ।
उनले नेकपा नेतृत्व सरकारले चीन सरकारसँग सी विचारधाराका लागि गरेको सम्झौताले मुलुकलाई एक दलिय अधिनायकत्व लाद्न खोजेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस्