मुलुकलाई विखण्डनबाट बचाउने एमाले मात्रः अध्यक्ष ओली

काठमाडौं । एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेश र केन्द्रमा एमालेको सरकार भएमात्र मुलुक विखण्डनबाट बच्ने बताएका छन् ।
आईतबार काठमाडौंको प्रज्ञाभवनमा अखिल नेपाल स्वतन्त्र विद्यार्र्थी युनियनले आयोजना गरेको अखिल शुभकामना साँझ २०७४ लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ७ वटै प्रदेशमा र केन्द्रमा एमालेको सरकार गठन हुनुपर्ने बताउदै उनले एमालेले मात्र मुलुकलाई विखण्डनबाट बचाउन सक्ने बताए । उनले भने,‘अरुले देश बचाउन सक्दैनन्न्, यो देश बचाउनको लागि एमालेको नेतृत्वमा सरकार बन्नुपर्छ, त्यो पनि केन्द्रमा मात्रै होईन, ७ वटै प्रदेशमा ।’
उनले भने, ‘चुनावपछि एमालेकै संघीय सरकार बन्छ, ७ ओटै प्रदेशमा पनि एमालेकै सरकार बन्नेमा दुईमत छैन’ ओलीले भने, ‘यो देश बचाउन एमालेलाई पनि बचाउन आवश्यक छ । दशैं, तिहार, छठ लगायत चाडपर्व आउँदै छ, दूर्गा भवानीले सूर्यमा भोट हाल्ने सद्बुद्धि प्रदान गरुन, यो नै दशैको यही शुभकामना छ ।’

अध्यक्ष ओलीले सत्तारुढ दलले सत्ताको आडमा एमालेलाई तर्साउने काम गरेकोमा आपत्ति प्रकट गर्दै उनले एमालेलाई अवरोध गर्ने प्रयास भएपनि अब कसैले रोक्न नसक्ने समेत उनको उद्धघोष गरे ।
कार्यक्रममा अध्यक्ष ओलीले पूर्व बार अध्यक्ष विश्वकान्त मैनाली, एमाले सचिव योगेश भट्टराई, पूर्व राजदुत टंक कार्र्की, एमाले नेताहरु राजेन्द्र राई, अरुण नेपाल, गोकर्ण विष्ट भानुभक्त ढकाल लगायतलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्