एकता संयोजन समिति बैठक आज,होला त सरकार गठनअघि पार्टी एकता ?

काठमाडौं ।  नेकपा एमाले र माओवादी केन्द्रविचको पार्टी एकताका लागी बनेको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ ।

प्रदेश तथा प्रतिनिधि सभा चुनावअघिनै चुनाव लगत्तै पार्टी एकता गरिसक्ने वताइएको भएपनि चुनावपछि संयोजन समितिको वैठक आज पहिलो पटक बस्न लागेको हो । दुवै दलका अध्यक्षहरुको यसअघि भएको सहमति अनुसार संयोजन समितिको वैठक तय भएको नेताहरुले बताएका छन ।

पुस १२ गते संयोजन समितिको बैठक बस्ने तय भएको भएपनि स्थगित हुदै आएको थियो ।  एमालेले माओवादी केन्द्रसँग पार्टी एकताका लागि पद बाँडफाँट र वैचारिक मतभेद टुंगो लगाउन छुट्टाछुट्टै कार्यदल बनाउने निर्णय गरेको छ ।

आज बस्ने पार्टी एकता संयोजन समितिले माओवादी र एमालेका तर्फबाट नेताहरु सम्मिलित गराइ कार्यदल बनाउने निर्णय गरेको एमालेले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्