अब तापक्रम बढ्दै जान्छ : मौसमविद

काठमाडौं । काठमाडौंसहित देशभरि नै अब ताक्रम बढ्दै जाने मौसमविदले अनुमान गरेका छन् । अबको केही दिन देशभरि कै मौसम सफा रहने भएकाले जमिनको ताप आकाशमा बहने र हावा चल्ने हुँदा न्यूनतम तापक्रम बढ्ने देखिएको मौसमविद समिर श्रेष्ठले बताए ।

उनका अनुसार अहिले तराईमा लागेको बाक्लो कुहिरो दिउँसोपछि बिस्तारै हट्नेछ । अरु ठाउँको मौसम सामान्यतया सफा नै छ । मंगलबार बिहान शून्य दशमलव ४ डिग्री सेल्सियसमा झरेको काठमाडौंको तापक्रम दिउँसो १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्