सिटिजन्स बैंकको तेह्रौ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा भण्डारी
ं
काठमाडौं, १० असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको तेह्रौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार काठमाडौंमा संचालक समितिका अध्यक्ष डा.शंकर प्रसाद शर्माको अध्यक्षतामा भएको साधारण सभाले आ.व. २०७५/७६ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ ।
बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७६ आषाढ मसान्तको वासलात, आ.व. २०७५/
० ७६ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ । त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०७५÷७६ को वितरण योग्य मुनाफाबाट १२ प्रतिशतले हुने रकम रु. १,००,४५,२७,७७३ नगद लाभांश र ३ प्रतिशतले हुने रकम रु. २५,११,३१,९४३ बरावरको बोनस शेयर दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
सभाका अध्यक्ष डा शर्माले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्नेमा विश्वास दिलाउदैँ भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने विश्वास सभालाई गराउनु भयो । साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित अन्य महानुभावहरुले पु¥याउनु भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै भविष्यमा समेत सहयोग प्राप्त हुनेमा आशा प्रकट गर्नु भयो ।
सोही साधरणसभाले संस्थापक समूह अन्र्तगत राजन सिंह भण्डारी, प्रवल जंग पाण्डे र सजन शर्मालाई निर्विरोध निर्वाचित गरेको छ । यसै गरी सर्वसाधारणको तपÞर्m भएको निर्वाचनबाट सीता कार्की ( के.सि.) निर्विरोध निर्वाचित हुनु भएको छ । साधारणसभा पछि आजै बसेको संचालक समितिको ३१४ औं बैठकले राजन सिंह भण्डारीलाई अध्यक्षको रुपमा मनोनयन गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५।७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र रु १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त संस्था श्री सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको जनाएको छ । संघीयतालाई दह्रो र सहज बनाउन भूमिका निर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।
ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्