सिक्लेस हाइड्रोले डाक्यो वार्षिक साधारणसभा

काठमाडौं,९ मंसिर । सिक्लेस हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश र बोनस शेयर वितरणपछि कायम चुक्ता पूँजीमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाइएको हो ।

कम्पनीले यही मंसिर २९ गते सोमबार आभ्या क्लब पोखरामा २० औं र २१ औं वार्षिक साधारण सभा डाकेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर, त्यसको कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश र बोनस शेयर वितरणपछि कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, हकप्रद जारी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समिति चयन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्ने भएको छ । यस अनुसार मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्