राजधानीमा डीएसपीसहित ९३ जना घुमुवा प्रहरी परिचालन
काठमाडौँ , असोज १० । हिन्दुहरुको महान चाड दशैं नेपालीको घर आगनीमा आउनै लागेको छ । यति बेला देश तथा घर भन्दा बाहिर रहेकाहरु आफ्नो गाउँघर फर्कन थालेका छन् । विषेश गरि पढाई, रोजगार लगाएत विषेश कामले घर भन्दा बाहिर रहेका हरु घर र्फकने गरेका छन् ।
यस्ता चाडपर्वमा सिमानाका तथा शहर बजारमा चोरी डकैती तथा लुटपाटका घटना बढी हुने गर्दछन । यसै अवसरमा हुनसक्ने सम्भावित अपराधका सूचना संकलन गर्न भन्दै राजधानीमा डीएसपीसहित ९३ जना प्रहरी ‘घुमुवा’का रुपमा खटिएका छन् ।
प्रहरी स्रोतका अनुसार काठमाडौंमा १ डीएसपी र २ इन्स्पेक्टर सहित ५०, भक्तपुरमा ३० र ललितपुरमा १३ गरी ९३ जना प्रहरी अधिकृत तथा जवानहरु सादा पोशाकका रुपमा खटिएका हुन् ।
दशैं, तिहार, छठ, नेपाल सम्बत अवधिभर उनीहरुलाई फिल्डमै तैनाथ गराइने जनाइएको छ । प्रहरी मूख्यालयदेखि प्रहरी निरीक्षक (इन्स्पेक्टर)को नेतृत्व रहने वडारइलाका प्रहरी कार्यालय स्तरका युनिट इन्चार्जसम्मले चाडपर्व बाहेक नै घुमुवा तैनाथ गराउँदै आएका छन् ।
‘चाडपर्व सुरक्षा योजना अन्तर्गत उपत्यकामा ९३ सादा पोशाकका प्रहरीलाई खटाइएको छ,’ स्रोतले भन्यो, ‘सार्वजनिक यातायातका टिकट काउन्टर, बैंकरवित्तीय क्षेत्र, गहना पसल र दशैंबजार क्षेत्रमा सादा पोशाकका सुरक्षाकर्मी बढी केन्द्रीत हुने छन् ।’
दसैंरतिहार, छठ, नेपाल सम्वतलगायत पर्व सुरक्षा योजना अन्तर्गत महानगरीय प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरमा मात्रै ५ एसपी र १७ डीएसपी सहित ६ हजार १ सय ५२ जना प्रहरी खटाइसकेको छ ।
देशका विभिन्न भारतसंग जोडिने सिमानाकामा समेत शसस्त्र परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्