केहि दिनमै मौसमी तरकारीहरु कतारमा निर्यात गर्न सम्झौता : मुख्यमन्त्री पौडेल

काठमाडौं, असोज १० । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले मौसमी तरकारीहरु केहि दिनमै कतारमा निर्यात गर्न प्रदेश सरकार र मित्रराष्ट्र कतारबीच सम्झौता हुने बताएका छन् ।


शुक्रबार हेटौंडामा प्रदेश विकास परिषद् बैठकको उद्घाटन गर्दैै उनले नेपाली कृषकहरुले उत्पादन गरेका तरकारीहरु कतारमा निर्यात गर्न केहि दिनमै सम्झौता हुने बताएका हुन्

प्रदेशका परिणाममुखी योजनालाई कार्यान्वयन गर्न आफु प्रतिबद्ध भएर लाग्ने उनले बताए ।
प्रदेश सरकारले प्रदेश निर्माण कम्पनीमार्फत् पूर्वाधार निर्माण र निजी क्षेत्रका लगानीकर्तालाई सुविधा उपलब्ध गराएर उद्योगको विस्तार गरी उत्पादन गर्नेतर्फ केन्द्रित हुने बताए ।


साथै उनले पूर्वाधार विकास निर्माणकाक्रममा हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माणका लागि आवश्यक प्राविधिक सहयोग र कानुनी प्रक्रियाको थालनी गरिसकेको समेत उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्