रौतहटको कटहरिया नगरपालिकाको कार्यालयमा तोडफोड, लाखौंको क्षति

काठमाडौं, असोज १० । रौतहटको कटहरिया नगरपालिकामा तोडफोड गरिएको छ । शिक्षक सरुवाको विषयलाई लिएर रौतहटको कटहरिया नगरपालिकाको कार्यालयमा विद्यार्थीहरुले आज तोडफोड गरेका छन् ।

कटहरिया नगर कार्यपालिकाको हिजो बसेको बैठकले नगर अन्तर्गतका एकजना प्रधानाध्यापकसहित ९ जना शिक्षकलाई अन्यत्र सरुवा गर्ने निर्णय गरेको थियो । यसकै विरोधमा विद्यार्थीहरुले तोडफोड लगरेका हुन् ।

एक ठाउँबाट अर्को ठाउँमा शिक्षकलाई किन सरुवा गरेको भन्दै कटहरिया नगरपालिकाका आक्रोशित ठुलो संख्यामा आएका विद्यार्थीहरुले एकाबिहानै नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् ।

नगरपालिकाको जिन्सी शाखाको ताल्चा फुटाएर भित्र प्रवेश गरी दुईवटा भन्दा बढी कम्प्युटर र ल्यापटप कामै नलाग्ने गरी फुटाएका छन् भने ५० भन्दा बढी कुर्सी, दराज, सिसिटिभी क्यामरा, झयाल, ढोका सबैमा तोडफोड गरेका छन् ।

उनीहरुले नगरपालिकाका एसीमा पनि तोडफोड गरी पूर्णरुपमा क्षति पुरयाएका छन् भने नगरपालिकाको पश्चिम पटी निर्माण भएको नयाँ भवनका ५० वटा सिसाको झयाल पनि कामै नलाग्ने गरी फुटाएका छन् । विद्यार्थीको समुहले नगरपालिकाको महत्वपूर्ण कागजातहरु च्यातेर फालिदिएका छन् भने विधुतीय उपकरणहरुमा पनि क्षति पुरयाएका छन् ।


आफुहरुले एक ठाउँबाट अर्को ठाउँमा शिक्षकलाई आफुमनोमानी सरुवा गरेको मान्य नहुने उनीहरुले बताएका छन् । यसरी कटहरिया नगर कार्यपालिल नगर अन्तर्गतका प्रधानाध्यापकसहित ९ जना शिक्षकलाई अन्यत्र सरुवा गरेको भन्दै विद्र्याीहरु आक्रोशित भएका हुन् । तोडफोडबाट लाखौंको क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्