देउवा भन्छन् – वैदेशिक रोजगारीका समस्या समाधान गर्न कांग्रेस प्रतिबद्ध छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।


नेपाल वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वा्चित कार्यसमितिका पदाधिकारीसँगको भेटमा सभापति देउवाले यस्तो बताएका हुन् । वैदेशिक रोजगारीका क्षेत्रमा रहेका समस्या समाधान गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उनले बताए ।

उनले भने “देशमा पर्याप्त रोजगारीको अवस्था सिर्जना नभएसम्म वैदेशिक रोजगारीको विकल्प छैन । देशको अर्थतन्त्रमा वैदेशिक रोजगारको महत्वपूर्ण भूमिका छ,” “यस क्षेत्रमा रहेका समस्या समाधान गर्न नेपाली कांग्रेस व्यवसायीका साथमा छ ।”

उनले सुरक्षित, मर्या्दित र व्यवस्थित रोजगारको क्षेत्रमा व्यवसायी लाग्नुपर्ने बताउँदै कांग्रेस सधै व्यवसायीको पक्षमा रहेको समेत बताए ।

वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वा्चित अध्यक्ष विष्णुप्रसाद गैरेसहितका पदाधिकारीहरु सभापति देउवालाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्