नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुँदै
काठमाडौं, असोज १० । अबको केहि दिनपछि नेपला खुला दिसामुक्त राष्ट्र घोषणा हुँदै छ । असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने भएका छन् ।
प्रधानमन्त्रीले घोषणा गरेसंगै नेपाल खुला दिसामुक्त राष्ट हुने भएको हो । शुक्रबार खानेपानी मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेर खुला दिसा मुक्त नेपाल घोषणा गर्ने जानकारी दिइएको हो ।
२०६८ सालदेखि सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त जिल्ला घोषणा थालिएको थियो । हालसम्म कुल ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय बनेको आँकडा छ । ७७ जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको मन्त्रालयले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले शतप्रतिशत ट्वाइलेट प्रयोग गर्न आग्रह गरिन् । उनले ट्वाइलेटमा ताला लगाएर नराख्न आग्रह गर्दै घर, खानेपानी सरसफाइ अभियानलाइ अघि बढाउँदै लैजाने बताइन् । मन्त्री मगरले नेपालले खुला दिसा मुक्त घोषणा गरेर सफाइको क्षेत्रमा अघि बढेको बताइन् ।
यता सबै प्रदेशमा अझै शौच छैन कतिय स्थानमा मान्छेहरु शौच भन्दा नि बिाहिर खुल्ला ठाउँमा दिशापिसा गर्ने गर्दछन् । शहर भन्दा विकट ठाउँ गाउघरमा प्राय यस्तो भेटिन्छ ।
प्रतिक्रिया दिनुहोस्