कहिले तोकिन्छ मुकाम ? सरकार पर्यो अन्यौलमा !

काठमाडौँ । सरकारले प्रदेशसभाका सदस्यलाई शपथ गराउनेलगायत प्रदेशको कार्य सञ्चालन सम्बन्धी अति जरुरी कार्य तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी रुपमा स्थान तोक्न आवश्यक तयारी गरिरहेको छ ।

प्रदेशसभाको बैठक बसी प्रदेशको राजधानी नतोकेसम्मका लागि प्रदेशको कार्य सञ्चालन प्रारम्भ गर्न नेपाल सरकारबाट स्थान तोक्नुपर्ने संवैधानिक बाध्यात्मक व्यवस्था छ ।

नेपालको संविधान धारा २८८ को उपधारा ९२० मा प्रदेशको राजधानी भने सम्बन्धित प्रदेशसभाबाट निर्णय भएबमोजिम हुने व्यवस्था रहेकाले त्यही व्यवस्थाबमोजिम प्रदेशसभाले नै तोक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता डिल्लीराम शर्माद्वारा सोमबार जारी विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्