फ्रान्सको एक रसायनिक उद्योगमा भिषण आगलागी , १ सय ३० दमकल परिचालन हुँदा पनि नियान्त्रण आउन कठिन
काठमाडौं, असोज ९ । फ्रान्सको एक रसायनिक उद्योगमा भिषण आगलागी भएको छ । बिहीबार बिहानै सुरु भएको आगलागी नियन्त्रणका लागि १३० दमकल परिचालन गरिए पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन ।
उक्त उद्योग नजिकैका सम्पूर्ण विद्यालयहरु बन्द गरिएको छ । स्थानीय अधिकारी तथा प्रहरीले त्यहाँ नजिकै बसोबास गर्ने मानिसहरुलाई उक्त क्षेत्रमा आवतजावत नगर्नसमेत आग्रह गरेका छन् । उक्त उद्योगबाट बाक्लो कालो धुवाँको मुस्लो उडिरहेको छ ।
अहिलेसम्म आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । क्षेत्रीय प्रहरीका अनुसार अहिलेसम्म हावामा कुनै किसिमको विषादी भेटिएको छैन ।
स्थानीय समयअनुसार बिहीबार बिहान २स्४० बजे आगलागी भएको थियो । उद्योगमा भएको आगलागीबाट निस्केको धुवाँको मुस्लो उत्तरपूर्वी क्षेत्रतर्फ उडिरहेको छ भने निकै दुर्गन्ध फैलिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्