सरकारले भन्यो – चिनियाँ राष्ट्रपति सिको भ्रमण मिति तय भएको छैन
काठमाडौं, असोज ९ । चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको मिति तय नभएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् ।
असोज अन्तिम साता हुने चर्चा चलिरहेका बेलामा सरकारका प्रवक्ता बाँस्कोटाले भने भ्रमणको मिति तय नभएको बताएका हुन् ।
मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले आयोजित पत्रकार सम्मेलनमा आफूहरु सिको भ्रमणको तीव्र प्रतीक्षामा रहेको बताए।
’मिति तय भएको पनि छैन’, उनले भने, ’उताबाट पनि हामीलाई कुनै जानकारी पनि आएको छैन। जुन दिन जानकारी प्राप्त हुन्छ, त्यही दिन हामी थाहा पाइहाल्छौं।’
उनले भ्रमण मिति समयक्रममा खुल्दै जाने बताउँदै सिलाई आगमनदेखि बिदाइसम्मको सम्बन्धलाई नयाँ उचाइमा र्पुयाउनेगरी तयारी गरिने समेत बताए ।
’विकसित हुँदै गइरहेको मुलुक, जो हाम्रो छिमेकी छ, उसका आर्थिक सामाजिक उपलब्धीहरुबाट लाभको सेयर गर्न चाहन्छौं’, उनले भने।उनले यस प्रकारका भ्रमणहरुलाई नेपालले सधै उच्च महत्त्व दिने पनि बताए । यसता भ्रमणले नेपालको केहि विका तथा आर्थिक पाटोमा समेत फाइदा पुग्ने उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्