मेलमिलापबाटै संक्रमणकालीन न्यायका मुद्दाहरु टुंग्याउनुपर्छ : सभापति देउवा
काठमाडौं , असोज ९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेलमिलापबाटै संक्रमणकालीन न्यायका काम टुंग्याउनुपर्ने बताएका छन् ।
मानवअधिकार आयोगले आयोजना गरेको छलफल कार्यक्रममा देउवाले यस्तो बताएका हुन् ।
स्थायी शान्तिलाई प्राथमिकतामा राखेर पीडितलाई न्याय लिनुपर्ने उनले बताए । उनले भने, मेलमिलापबाट समाधान गर्नुपर्छ । यसका लाथिग कानुन परिमार्जन गर्नु पर्ने अवस्था आयो भने गर्नुपर्छ ।’
कानून संशोधन गर्न र द्वन्द्वकालीन मुद्दाहरु टुंग्याउन अब ढिला गर्न नहुने उनले बताए ।
‘द्वन्द्व पीडितको कुरा सुन्न आवश्यक छ । तर एकथरीको मात्र कुरा सुनेर हुँदैन । दुबै पक्षको कुरा सुन्नुपर्छ’ उनले भने, ‘माओवादी शान्ति प्रक्रियामा आएको बिर्सिएर हुँदैन ।’
प्रतिक्रिया दिनुहोस्