ट्रम्पलाई भुटानी शरणार्थीको आग्रह : हस्तक्षेप गरेर हामीलाई घर फर्काइदेऊ
काठमाडौं , असोज ९ । भुटानी शरणार्थीले आफूहरुलाई स्वदेश फिर्ताका लागि सहयोग गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आग्रह गरेका छन् ।
भुटानी शरणार्थी स्वदेश फिर्ता समितिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्र लेखी आफूहरुलाई स्वदेश फिर्तीका लागि हस्तक्षेप गर्न आग्रह गरेको हो ।
समितिका अध्यक्ष भम्पा राईले लेखेको पत्रमा भनिएको छ ‘यो काम अमेरिकाको हस्तक्षेप विना सम्भव होलाजस्तो लाग्दैन’ उनले भने । धेरै भुटानी शरणार्थी अहिले पनि शिविरमा बसिरहेको भन्दै उनले अरु देशका नागरिकले जस्तै भुटानी शरणाार्थी पनि आफ्नो देश फर्कन पाउने अधिकार प्राप्तीको प्रतीक्षामा रहेको उल्लेख गरेका छन् ।
तर आफूहरुको मागअमेरिकाको हस्तक्षेपविना पूरा हुन नसक्ने उनले उल्लेख गरेका छन् । साढे दुई दशकदेखि अन्तर्रा्ष्ट्रिय रुपमा समस्याको रुपमा देखिएको यो समस्या समाधान गर्न राईले ट्रम्पसँग आग्रह गरेका छन् ।
सरकारले देश निकाला गरेका धेरै व्यक्ति अमेरिकामा पुनर्बासका लागि गए पनि अझै घर फिर्तीको प्रतीक्षामा ठूलै समूह रहेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्